७ पुस २०८२, सोमबार | December 23, 2025

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो । दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि जिउँदा सहिद घोषणा गरिएको थियो । ‘मंगलबार बसेको मन्त्रिपरिषद्ले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।