काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिएपनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ । सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो सहमति भएको बताएका हुन् । ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून् । प्रहरीले आफ्नो काम गरिरहेको छ…