काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको कांग्रेस सांसदहरूको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । उनलाई पार्टी सभापति गगन थापाले संसदीय दलको नेताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेका आङ्देम्बे कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत हुन्।…