झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रका लागि ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियान’ भन्ने मूल नारासहित सार्वजनिक प्रतिबद्धतापत्रमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।…