मुम्बई । बाहुबली पछि प्रभासको ‘सालार’ ब्लकबस्टर सावित भएको छ । बितेका ३ दिनमा सय वा २०० करोड मात्रै नभई ४ सय करोड नाघेको यो फिल्मको विश्वव्यापी कलेक्सन हेर्दा यो कुरा थाहा पाउन सकिन्छ । यति मात्रै होइन, फिल्मले दर्शकको अझै पनि निकै माया पाइरहेको छ । क्रिसमसको बिदामा सालारले ५०० करोडको आँकडा पार गर्छ…