काठमाडौं । यही साउन २ गते शुक्रबारका दिन। घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडिन्। मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो ररु विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेका छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो। त्यसैले कार्कीले मोबाइल साथमा…