काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यद्यपि आज दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ । शनिबार बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका जिल्लामध्ये केही स्थानमा हल्कादेखि मध्यम हुस्स तथा कुहिरो लागेको…