काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट खेलमा बिजयी खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल मार्फत टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका हुन् । उनले पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका…