१४ फाल्गुन २०८०, सोमबार | February 27, 2024

३० लाख धरौटीमा पूर्व गृहमन्त्री खाँणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै उच्च अदालतले खाँणलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गर्दै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएर न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । कोइरालाको इजलासले पाण्डेको रायमा सहमति जनाएसँगै खाँण धरौटीमा छुट्ने भएका हुन् । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो ।

अदालती बन्दोबस्तीका अनुसार उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन भने पाउने छन् भने खाँणले पनि आफूलाई धरौटीमा छाड्‍ने आदेश गलत भएको भन्‍दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउनेछन् ।

नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ५२ बजे

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

काठमाडौं । नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण

नयाँ पुष्तालाई संस्कार र परिकार चिनाउन मैजु खलको नेवाः भोज

बुटवल । नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्न र नयाँ

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी

संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेपछि इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

काठमाडौं । संसद भवनको सुरक्षा व्यवस्था कायम गर्न नसकेको अभियोगमा

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र