१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपाल सुपर लिग : आज चितवन र धनगढी बिच प्रतिस्पर्धा हुदैँ



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो । वीरगञ्जले स्पोर्टिङ इलामलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लिएको थियो । इलामका आशिष चापागाईंले खेलको १५ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।

तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भीषण गुरुङले खेलको ३३ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जित पक्का गरे ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जितसँगै वीरगञ्जको ५ खेलमा ५ अङ्क छ भने इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।

जारी लिगमा आज धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ । आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ ।

अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यस्तै, चितवन एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ललितपुर सीटी शीर्षस्थानमा छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ४४ बजे

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज