काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौँमा हुने भएको छ । महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले सो जानकारी दिएका हुन् । उनका अनुसार महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन समारोह हुने र चैत ६…