बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार (भदौ १४) उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको नेकपा (एमाले)ले जनाएको छ । रुकुम पूर्वकी पुनलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा शल्यक्रियापछि उनले छोरीलाई जन्म दिएकी थिइन् । त्यसलगत्तै उनको मुटुमा कृत्रिम भल्भ…