काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार यादवले करिब तीन दशकदेखि निमित्त कार्यालय प्रमुखको हैसियतमा राजनीतिक तथा विभागीय प्रभाव प्रयोग गर्दै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने, प्लट मिलान गर्ने नाममा आर्थिक चलखेल गर्ने लगायतका गैरकानूनी कार्यमार्फत…