म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा रु एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् । हाल बेलायतमा रहेका काठमाडौँका डा सुरेश काफ्लेद्वारा दिवङ्गत श्रीमती बिन्दु पराजुली काफ्लेको नाममा स्थापित संस्थाले निर्माण गरेको भवनको आज उद्घाटन गरिएको छ । एक सय तीन वर्षीया धनसरी…