नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन सुरु गरेको भित्तेचित्र अभियानले सहरको रूप बदलिँदै गएको छ । धुलो, मैलो र जथाभावी फोहरको चपेटामा परेका कङ्क्रिटका फुस्रा पर्खालमा भित्तेचित्रले सहरको सौन्दर्यमा एउटा नयाँ र उमङ्गमय रङ थपिदिएको छ । उपमहानगरपालिकाको यस पहललाई ‘क्रियटिभ आर्ट’ समूहका स्थानीय कलाकारहरूले आफ्नो सिर्जना र पसिनाले मूर्तरूप दिइरहेका…