३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

महाअभियोग सिफारिस समितिलाई फुलकोर्टको जवाफ – बयानका लागि न्यायाधीश आउन मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशरुले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको फूल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो । महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका छन्…