नेपालगन्ज । जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले बाँकेको राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडियास्थित राप्ती नदीमा निर्माण भएको आपतकालीन तटबन्धको आज निरीक्षण गरेकी छन् । सो अवसरमा उनले अस्थायी रूपमा काम भएकाले अहिले आउने बाढीलाई रोकथाम गर्ने प्रयास भएको जानकारी दिँदै स्थायी रूपमा तटबन्ध निर्माणका लागि विपद्बाट केही बजेट विनियोजन भएर ठेक्का भएको बताइन् ।…