२८ बैशाख २०८३, सोमबार | May 12, 2026

६२० जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६२० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ५ हजार ८४६ जनाको परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्‍यु भएको छ ।