३० श्रावण २०८३, शनिबार | August 16, 2026

गुल्मी-२ : प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी



गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य सहित दुवै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा नेकपा ९एमाले०का गोकर्णराज बिष्टसँगै दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

यस क्षेत्रबाट एमालेका विष्ट दुई हजार ३५ मतको अग्रतासहित २८ हजार चार सय ७६ मत प्राप्त गरी विजयी भएका छन । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेकी थिइन ।

त्यस्तै प्रदेश सभा (१) मा एमालेका उम्मेदवार डिल्लीराज भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय ८५ मत प्राप्त गरी विजयी भएका छन । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार दुई सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

साथै प्रदेशसभा सदस्य (२) मा पनि एमालेकै उम्मेदवार दिनेश पन्थी एक सय १० मतको अग्रतासहित १३ हजार नौ सय २९ मत प्राप्त गरी विजयी भएका छन । उनीसँग सत्तारुढ गठबन्धनकोे तर्फबाट नेकपा (माओवादी केन्द्र)का बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

यस क्षेत्रमा कूल एक लाख चार हजार तीन सय २७ मतदाता थिए । जसमध्ये खसेको मत ५८ हजार सात सय ५९ हो । सो मध्ये मध्ये ५६ हजार पाँच सय ९३ मत सदर भएको थियो । यस क्षेत्रमा मुसिकोट र रेसुङ्गा नगरपालिका सहित मालिका, मदान, धुर्कोट , इस्मा गाउँपालिकाका वडा पर्दछन् ।

यस जिल्लाको क्षेत्र नम्बर १ मा भने मतगणना ढिलो सुरु गरिएको छ । यहाँ नेपाली कांग्रेसको तर्फबाट डा चन्द्र भण्डारी, एमालेको तर्फबाट प्रदीप ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दामोदर भण्डारी प्रतिस्पर्धामा छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : २६ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो