काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने न्युज कारखानालाई जानकारी दिए । राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड…