काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतमा छाप्ने निर्णय गरेको मेसिन रिडेबल पासपोर्टको अहिले प्रचार गरिएको प्रतिगोटा ४ अमेरिकी डलरभन्दा वास्तविक मूल्य झन्डै चार गुण महँगो हुने तर गुणस्तर भने अन्तर्राष्ट्रिय मापदण्डभन्दा झन् कमजोर हुने भएको छ । स्रोतका अनुसार प्रतिपासपोर्टलाई ४ डलर (करिब ३ सय रुपैयाँ) मा छाप्ने भनिए पनि त्यो भित्री पानाहरुको छपाइको खर्च मात्रै…