काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ४ हजार २५६ र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परिक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जना पुगेको छ ।
यस्तै, आज थप १ हजार ८३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ को मृत्यु भएको जानाएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९०२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ ।
प्रतिक्रिया