बझाङ । जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बाेहराका माइला छाेरा विनाेद बाेहराकाे ज्यान गएकाे छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेकाे सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनाेदकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । गयराति पाैने १ बजे भएकाे दुर्घटनामा खड्क सामान्य घाइते भएका…