१८ माघ २०८२, आइतबार | February 1, 2026

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन् । गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई आज काठमाडौँ महानगरापालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो । उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने…