हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदको लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो । सोही अनुसार मेयर पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्यालीसहित…