बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा सहभागी हुन आज लुम्बिनी आउँदै छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन सुरु भएको हो । सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान…