एजेन्सी । पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् । रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन्…