काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार शुरू भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धूलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम शुरू गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धूलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ । निर्माण भइरहेको धुलाम्मे सडकमा निर्माण व्यवसायीले पानी समेत हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी…