काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल गएराति फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् । महासभा बैठकमा शिक्षामन्त्री पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युनेस्कोको मुख्यालयमा मंगलबारदेखि महासभा जारी रहेको छ ।…