९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले स्थायी कमिटी बैठक : विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्मका लागि तय गरिएको छ । त्यसमा तीन वटा प्रस्ताव पेस हुने भट्टराईले बताए…