काठमाडौं । भारतसँग अन्तिम खेलमा पराजित भए पनि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताएका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको थियो । पराजित बाबजुद प्रशिक्षक अब्दुल्लाहले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौं…