काठमाडौं । एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालमा आफ्नो राजनीतिक भेट सुरु गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुमारले पहिलो भेटवार्ता गर्ने भनिएपनि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगबाट राजनीतिक भेटवार्ताको सुरुवात गरेकी छिन् । सुमार बिहीबार दिउँसो २ बजे ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्। झण्डै एक घण्टाको छलफलपछि सुमारसहितको एमसीसी प्रतिनिधिमण्डल…