धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेका छन । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला…