१४ पुस २०८२, सोमबार | December 29, 2025

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा आगामी १४ औं महाधिवेशनका विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न सक्ने उनले बताए…