११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रतिनिधिसभा चल्न सकेन, ताजा जनादेशका लागि निर्वाचन आवश्यक छ : एमाले अध्यक्ष ओली



काठमाडौं । आफ्नै निर्देशनमा संसद चल्न नदिएर लगातार अवरुद्ध पारिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद चल्न नसकेकाले निर्वाचनमा जानुपर्ने बताएका छन् । सत्तामा रहँदा संसदको औचित्य छैन भन्दै संसद विघटन गर्ने र सत्ताबाट बहिर्गमन भएदेखि नै संसद चल्न नदिने रणनीति बनाएका अध्यक्ष ओलीले प्रमख सञ्चारमाध्यममा सम्पादकहरु बोलाएर संसद चल्न नसकेकाले निर्वाचनमा जानु पर्नेमा जोड दिएका हुन् ।

मंगलबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुलाई बोलाएर ओलीले प्रतिनिधिसभा संसद चल्न नसकेको भन्दै ताजा जनादेश आवश्यक रहेको बताए । ‘अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।’ अध्यक्ष ओलीले भने ।

उनले सरकार गठन भएको साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र देश अकर्मन्य अवस्थामा रहेको बताउँदै ताजा जनादेशमा जानुपर्नेमा जोड दिए ।

‘उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।’ पाँच दलिय गठबन्धन तर्फ संकेत गर्दै ओलीले भने ।

‘समय खेर फाल्नु हुँदै ताजा जनादेशमा गएर देशलाई गतिशिल बनाउनुपर्छ’ उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०३ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम