काठमाडौं । देउवा सरकारलाई विश्वासको मत लिने पर्याप्त समय रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर प्रतिनिधिसभाको पुरा आयु प्रधानमन्त्री बन्ने मार्ग सहज बनाउने प्रयास थालेका छन् । प्रतिनिधिसभाको हाल रहेको २७१ संख्या अनुसार विश्वासको मत प्राप्त गर्न १३६ सांसदको आवश्यकता छ । प्रतिनिधिसभाको पछिल्लो अँकगणित अनुसार जनता समाजवादी पार्टीले पनि…