काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदल भंग भएपनि एमालेका दोस्रो तहका नेताहरुबीच पुनः छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विघटित कार्यदलका सदस्यहरुले सिंहदरबारमा छलफल गरेका छन् । एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले कार्यदलले यसअघि तयार पारेको १० बुँदे समझारीलाई ग्रहण गर्दै ‘रचनात्मक’ रुपमा कार्यान्वयन…