काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्देशनमा युथ फोर्स गठन भएको २ दिनपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार आरआर क्याम्पसमा नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को उपत्यकास्तरीय कार्यकर्ता भेलाले नेपाल पक्षको अखिलले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीको संयोजकत्वमा…