१० भदौ २०८३, बुधबार | August 26, 2026

सिरहामा वेवारिसे अवस्थामा नवजात शिशु फेला

सिरहा । पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् । धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । 'बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि' प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।…