सिमकोट । हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । वल्र्ड लिङ्क कम्युनिकेसन प्रालीको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । विभिन्न योजना र अन्य विकासे…