७ आश्विन २०८३, बुधबार | September 23, 2026

पुष्पलाल सम्झिँदै माधव नेपालले भने – अपमान सहेर बस्न सकिन्न, दास मान्छे कम्युनिष्ट हुँदैनन



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन् ।

४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले अब जस्तो सुकै अपमान र गलत कुरा सहेर बस्न नसकिने बताएका हुन् । नेता नेपालले भने, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न, तर अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’

नेता नेपालले अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कहिल्यै कायम राख्न नसक्ने जिकिर गरे । दास हुने मान्छे कम्युनिस्ट हुन नसक्ने बताउँदै उनले आफूहरु सबैलाई सम्मान गर्ने पक्षमा रहेको उनको भनाइ छ।

नेपालले नेता अहंकारी र स्वेच्छाचारी भएपछि कम्युनिस्ट पार्टी बिग्रन सुरु गर्ने बताए । उनले कम्युनिष्टहरु बिग्रिएपछि अरुभन्दा धेरै गन्हाउने बताउँदै त्यस्ता गन्हाउनेहरुबाट पार्टीको नाम र झण्डा दुरुपयोग गर्न दिन नहुने बताए ।

नेपालले पार्टीलाई विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताए । केही समयअघि आफुलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै उनले पार्टीभित्र पनि घाउ खटिराले समस्या पारेको जनाए । उनले भने, ‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, लोकतान्त्रिक चरित्र पनि होइन।

एमाले वरिष्ठ नेता नेपालले अब कस्तो परिस्थिति आउँछ भनेर आफुले आंकलन गरेर बसेको बताए ।

कार्यक्रममा नेता नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ पनि विमोचन गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११