काठमाडौं । काठमाडौं उपत्यकामा लगाईंदै आएको निषेधाज्ञाबारे निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दैछ । अहिलेसम्मको निषेधाज्ञाको समीक्षा गरेर थप कसरी अगाडि बढ्ने विषयमा सीडीओहरुको बैठक बस्न लागेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओले दिउँसो ३ बजेपछि बैठक बस्ने तयारी गरेका छन् । कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा…