पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनमा पुनः अर्को नाटक देखाइएको छ । दुई दिन अघि मात्र प्रदेश सभामा विश्वासका मत हासिल गर्न असफल भएका कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता समाजवादी पार्टी जनसपाको महन्थ समुह र राजमोका निस्काशित सांसद कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन् । गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी…