काठमाडौं । चुरे संरक्षणका लागि विगत एक दशकमा झन्डै १२ अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि खास उपलब्धि हासिल हुन सकेको छैन । राजनीतिक दबाबमा योजना छनोट गरिँदा खर्च गरेअनुसारको उपलब्धि सम्भव नभएको बताइएको छ । राजनीतिक दबाबमा कनिका छरेझैँ रकम छर्ने प्रवृत्तिले गर्दा यस्तो स्थिति देखिएको विज्ञहरूले बताएका छन् । चुरे क्षेत्र तथा त्यसका नदी प्रणालीमा देखिएका…