१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेद्वारा ९ वटा विभागमा प्रमुख र सदस्यहरु मनोनयन, पार्टी स्कुल प्रमुखमा ओली



काठमाडौं । नेकपा एमालेले विभाग र निकायहरुमा नेताहरुलाई मनोनयन गरेको छ ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले १४ वटा विभागमध्ये ९ वटामा मनोनयन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरुको नाम मनोनयन गरेको ज्ञवालीले बताए । पार्टी स्कुल विभागमा अध्यक्ष केपी शर्मा ओली मनोनित भएका छन् । विष्णु पौडेल संगठन विभाग प्रमुख तोकिएका छन् ।

एमालेले अब माधव नेपाललाई नपर्खी अघि बढ्ने निर्णय समेत गरेको छ । पार्टी एकताको प्रयास चलिरहेपनि नेपाललाई नपर्खिने तर अन्य नेताहरुलाई समेटेर अघि बढ्ने गरी पार्टीका विभागहरुको मनोनयन गरेको छ । जसअनुसार नेपाल पक्षका नेताहरुलाई समेट्न विभिन्न ठाउँहरु खालि राखिएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय भएको उनले जनाए ।

विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ३३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान