२ माघ २०८२, शुक्रबार | January 16, 2026

बहुमतको सरकार बनाउन राष्ट्रपति भण्डारीद्वारा दलहरूलाई आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार ३ दिनभित्र  दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन्  । प्रधानमन्त्री केपी शर्मा ओली संसदको बहुमत गुमाएपछि दुई वा दुईभन्दा बढी दलको सहभागितामा नयाँ सरकार बनाउने प्रक्रिया सुरू भएको हो ।