काठमाडौं । निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिन लागेको विरोधमा नागरिक अभियन्ताहरुले बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै अभियन्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले…