१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एक युवक खोलामा मृत भेटिए, दुई बेपत्ता



बैतडी । बैतडीमा एक युवक खोलामा मृत भेटिएका छन् भने दुई जना बेपत्ता रहेका छन् ।

पाटन नगरपालिका-६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मृत फेला परेका छन् । उनी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बजार जानका लागि सोमबार घरबाट निस्केका उनी साँझ नफर्केपछि खोजी थालिएको थियो। खोजी गर्ने क्रममा स्थानीय गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस्तै नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जना फेला परेका छैनन् । डिलाशैनी गाउँपालिका-५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो । उनी कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए ।

यसैगरी, जमाडी खोलामा बेपत्ता भएकी डिलाशैनी-४ मठैराजकी २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । उनी कात्तिक २ गतेदेखि बेपत्ता छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ५४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी