दाङ । दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा…