मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ ।…